google search engine

Friday, November 27, 2009

अमेरिकाबाट नेपाली स्याटेलाइट टिभी संचालनको तयारी


बोष्टन । संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले अमेरिकाबाटै नेपाली भाषाको स्याटेलाइट टेलिभिजन संचालनको तयारी गरेका छन् ।अमेरिकाबाटै चौविस घण्टे नेपाली भाषको स्याटेलाइट टेलिभिजन संचालनको सम्भाब्यता अध्ययनका लागि टोली गठन गरिएको छ । टेलिभिजन पत्रकारिता, ब्यापार-ब्यबसाय तथा सुचना प्रबिधिका क्षेत्रमा क्रियाशिल नेपालीहरु सम्मिलित टोलीले अमेरिकामा रहेका नेपाली दर्शकहरुको चाहना र रुचीका कार्यक्रमका बिषयमा अध्ययन गर्ने टोलीकी जनसम्र्पक अधिकृत भारती चन्दले जानकारी दिनुभयो ।

      अमेरिकामा बसोबास गरिरहेको आप्रवासी नेपाली समुदायलाई लक्षित गरि ल्याउन लागिएको टेलिभिजनको कार्यक्रम तथा लगानीका पक्षमा अध्ययन गरेपछि टेलिभिजन सुरुवात गर्ने तयारी भइरहेको छ ।नेपाल टेलिभिजनका पूर्व कार्यकारी निर्माता लोचनमान श्रेष्ठको संयोजकत्वमा गठित टोलीले वेबसाइट र छापा र्फममार्फत सर्वे गर्नेछ । अहिलेसम्म नामाकरण नगरिएको सो टेलिभिजन सुरु भएमा अमेरिकाबाट संचालन हुने पहिलो नेपाली स्याटेलाइट च्यानल हुने छ ।

                                                                                                                                        -श्रोत ऑनलाइन खबर

No comments:

Post a Comment