google search engine

Friday, November 27, 2009

अमेरिकाबाट नेपाली स्याटेलाइट टिभी संचालनको तयारी


बोष्टन । संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले अमेरिकाबाटै नेपाली भाषाको स्याटेलाइट टेलिभिजन संचालनको तयारी गरेका छन् ।अमेरिकाबाटै चौविस घण्टे नेपाली भाषको स्याटेलाइट टेलिभिजन संचालनको सम्भाब्यता अध्ययनका लागि टोली गठन गरिएको छ । टेलिभिजन पत्रकारिता, ब्यापार-ब्यबसाय तथा सुचना प्रबिधिका क्षेत्रमा क्रियाशिल नेपालीहरु सम्मिलित टोलीले अमेरिकामा रहेका नेपाली दर्शकहरुको चाहना र रुचीका कार्यक्रमका बिषयमा अध्ययन गर्ने टोलीकी जनसम्र्पक अधिकृत भारती चन्दले जानकारी दिनुभयो ।

      अमेरिकामा बसोबास गरिरहेको आप्रवासी नेपाली समुदायलाई लक्षित गरि ल्याउन लागिएको टेलिभिजनको कार्यक्रम तथा लगानीका पक्षमा अध्ययन गरेपछि टेलिभिजन सुरुवात गर्ने तयारी भइरहेको छ ।नेपाल टेलिभिजनका पूर्व कार्यकारी निर्माता लोचनमान श्रेष्ठको संयोजकत्वमा गठित टोलीले वेबसाइट र छापा र्फममार्फत सर्वे गर्नेछ । अहिलेसम्म नामाकरण नगरिएको सो टेलिभिजन सुरु भएमा अमेरिकाबाट संचालन हुने पहिलो नेपाली स्याटेलाइट च्यानल हुने छ ।

                                                                                                                                        -श्रोत ऑनलाइन खबर

Thursday, November 26, 2009

पतिद्वारा पत्नीको स्तन काटीयो

    गौसाला, महोत्तरी को रामनगर गाबिसमा आफ्नै पतिद्वारा एक महिला को स्तन काटिएको छ !
जिल्ला को उत्तर्बर्ती क्षेत्रमा अवस्थित रामनगर गाबिस-२ बस्ने दसरथ मल्लिक ड़ोमले २०६६-०८-१० गते दिऊसो आफ्नी पत्नी आशादेवी डोमको देब्रे स्तन काटेर घाईते बनाएको प्रहरी कार्यालय ले जनाएको छ ! स्तन काटियेर गंभीर घाईते भयेकी महिला आशादेवी डोमको उपचार जनकपुर अंचल अस्पताल भैरहेको  र अवस्था चिंताजनक रहेको अस्पताल श्रोत ले जनाएको छ!
     जिल्ला प्रहरी कार्यालयको अ प रा ध  अनुसंधान शाखाका अनुसार पीड़ित महिला आशादेवी ड़ोमले माईत जादा पति दशरथ डोमलाई नसोधेर माईत गएको आरोप लगाऊदै सोही निहुमा उनको स्तन सहित पखुरा तथा अन्य भागमा पनि कटकुट गरिएको थियो !  

Wednesday, November 25, 2009

मन परेकालाई अपहरण गरेर बिहे गर्ने गाउँको प्रचलन


                आफूसँग बिहे नगरेको भन्दै सोमबार बिहान विद्यालय गइरहेकी १८ वषीर्या छात्रा कलावती ताम्राकारको अपहरणमा संलग्न नरेन्द्र ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ। छात्राका परिवारजनले दिएको उजुरीका आधारमा खोजतलासमा गएको प्रहरी टोलीले अपहरित छात्रालाई डडेल्धुरा जिल्लाको अजयमेरु गाविसबाट सोमबार राति ११ बजे उद्धार गरेको थियो। अपहरणकारी नरेन्द्रले छात्रा कलावतीलाई सोही गाविसमा बस्ने आफ्नै बहिनीको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले बताए। सोही घरमा अपहरित छात्रासँगै रहेका अपरहणका मुख्य नाइके नरेन्द्र समातिए पनि अपहरणमा संग्लन अन्य चार जना युवक भने फरार छन्।
             उद्धारपछि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय ल्याइएकी छात्रा कलावतीले विद्यालय जाँदै गर्दा बिहान ७ बजे नरेन्द्र ताम्रकारसहित आएका पाँच जनाको समूहले आफूलाई जबर्जस्ती लगेको बताइन्। चार जना केटी साथीसँगै दैनिकजसो विद्यालय गइरहेका बेला उनी अपरहणमा परेकी थिइन्। घरबाट आधा घण्टामाथि जंगलको बाटो जाँदै गर्दा एकाएक समातेर तान्दै लैजान थालेपछि रोईकराई गर्दासमेत नछोडेको उनले बताइन्। अमरगढी नगरपालिका वडा नं. ६ बस्ने नरेन्द्र ताम्राकारको परिवार असोज अन्तिम साता विवाहका लागि माग्न आएको तर आफूले विवाह गर्न अस्वीकार गरेकाले बारम्बार दबाब दिँदा पनि बिहे गर्न नमानेपछि जबर्जस्ती विवाह गर्न आफूलाई अपहरण गरेको कलावतीले बताइन्।
               अपरहणमा संलग्न ताम्राकारलाई प्रहरी हिरासतमा लिई अनुसन्धान थालिएको र प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। ‘फरार रहेका अन्य अभियुक्तहरूको समेत खोजी भइरहेको छ’ -उनले भने। अभियुक्त नरेन्द्रले भने आफूलाई मन परेकी युवतीलाई सकभर मागेर बिहे गर्ने र नमानेमा जबर्जस्ती बिहे गर्ने गाउँको परम्परा रहेकाले आफूले उनलाई लिएर गएको प्रहरीलाई बताएका छन्। मन परेकी केटीलाई अपहरण गरेर विवाह गर्नु सामान्य भएको बताउने सोही गाउँका अगुवा धर्म ताम्राकारले यसअघि पनि थुप्रै केटीहरूलाई गाउँका केटाहरूले त्यसरी नै विवाह गरेको जानकारी दिँदै प्रहरीमा पुगेको यो घटना भएको बताए।
                                                                                                                                        -श्रोत नेस

इन्टरनेटमार्फत प्रेम नगर्नुहोस् है !


तपाईं कतै इन्टरनेट सम्पर्कमार्फत कसैसँग गहिरो प्रेम सम्बन्ध गाँसिरहनु भएको त छैन ? यदि त्यो गरिरहनु भएको छ भने होस गर्नुहोस् तपाईंलाई त्यो व्यक्तिले फसाइरहेको पनि हुनसक्छ । जस्तो कि एक जना अस्ट्रेलियन महिला त्यसैगरी इन्टरनेटमार्फत प्रेम गर्ने चक्करमा नराम्ररी फस्न पुगिन् र उनले निकै ठूलो रकमसमेत गुमाउनु पर्‍यो ।


५६ वर्षीया अस्ट्रेलियन महिलालाई नक्कली प्रेम जालमा फसाएर पैसा धुत्ने व्यक्ति भने नाइजोरियाको एउटा १९ वर्षे किशोर हुन् । एक दशकअघि नै पति गुमाएर विधवा जीवन बिताउँदै आएकी ती अस्ट्रेलियन महिलालाई इन्टरनेटमार्फत निज १९ वर्षे लाबल अदिकुनल नुरुदिन नामक नाइजेरियाली किशोरले आफू ५७ वर्षको विदुर भएको र पुनः विवाहका निम्ति उपयुक्त महिलाको खोजीमा रहेको भन्दै विवाह प्रस्ताव राखेछन् । केही महिनाको मात्र इन्टरनेट सम्वादपछि नै आएको यस्तो प्रस्तावलाई ती महिलाले पनि सहर्ष स्वीकार गरिछन् ।

आफू बेलायती नागरिक भएको र हाल लागोस्स्थित एक अन्तर्राष्ट्रिय संस्थामा इन्जिनियरका रूपमा कार्यरत भएको भन्दै ति किशोरले आˆनी पूर्व पत्नी र एक छोराको एक वर्षअघि मात्र लागोस्मै कार दुर्घटनामा मृत्यु भएको झूठो विवरण दिँदै विवाह प्रस्ताव राखेकी अस्ट्रेलियन महिलालाई विवाहका निम्ति आफू अस्ट्रेलिया आउन तयार रहेको जनाउसहित त्यसका लागि हवाई भाडा र बाटा खर्च पठाइदिन आग्रह गर्दछन् । अन्धो प्रेममा परेकी ती महिलाले तत्कालै निजलाई ४७ हजार डलर पढाइदिन्छन् । यसरी खर्च पठाएको लामो समय बित्दा पनि ती व्यक्ति अस्ट्रेलिया नआएपछि र नेट सम्पर्कबाट समेत बाहिर रहेपछि पीडित महिला स्वयं लागोस् आई पुगिन् र पीडक व्यक्तिको खोजीमा लागिन् । नभन्दै नाइजेरियाली प्रहरीको सहयोगमा ती किशोर पक्राउ परे । प्रहरीले उनलाई ठगी गरेको रकम क्षतिपूर्ति दिन आदेश दिँदै थप सजायका निम्ति न्यायालयमा पेश गरेको छ ।

                                                                                                                      - श्रोत ऑनलाइन खबर  

साथीका निम्ति ज्यानै विक्री

बेइजिङ । मस्तिष्कसम्बन्धी रोगका कारण कोमामा परेकी एक साथीको उपचारार्थ २२ वर्षीया एक चिनियाँ केटी आफूलाई बेच्न तयार भएकी छन् ।

डेजाउनिवासी सुन्दरी डान्डानले आफ्नी साथी युई मेईको उपचारमा २२ हजार डलर (नेरु. १६ लाख ७२ हजार) लाग्ने भएपछि उक्त रकम दिनसक्ने व्यक्तिसँग विवाह गर्ने बताइन् ।
उनले आफ्नो विज्ञापनमा भनेकी छन्, ‘म त्यति राम्री नहुन सक्छु, तर हिस्सी परेकी छु ।’


Monday, November 23, 2009

१०७ वर्षमा विवाह गर्ने रहर

एक सय सात वर्षको कृषकाय उमेरमा कसैले विवाह गर्ने चाहना राखेको समाचार पढ्दा वा सुन्दा पक्कै पनि तपाईंलाई आश्चर्य लाग्न सक्छ तर तपाईं हामीलाई झट्ट सुन्दा आश्चर्य लागे पनि यो सत्य समाचार हो । चीनकी १०७ वर्षीया वृद्धा यतिबेला विवाह गर्न हौसिएकी छन् । दक्षिणी गुइजोउ प्रान्तमा आजभन्दा एक सय सात वर्षअघि जन्मिएकी वृद्धा वाङ्ग गुइङ्ग आजन्म अविवाहित रहे पनि अहिले यो उमेरमा आएर भने उनलाई पतिका रूपमा कुनै पुरुषको साथ चाहिएको छ तर उनलाई अरू कुनै रहरले नभएर यो अशक्तावस्थामा आफ्नो हेरविचार गरिदिनका निम्ति पतिको आवश्यकता परेको उनले बताएकी छन्

युवावस्थामा आˆना एक जना छिमेकीले रातोदिन पत्नीलाई कुटपिट र चरम यातना दिने गरेको देखेर विवाह गर्न तर्सिएकी वाङ्ग अहिले आˆना दाजुका नाति-पनातिको घरमा बसिरहेकी छन् । उनी भन्छिन् यो उमेरमा म कसैको भार भएर बस्न चाहन्न त्यसैले मेरा निम्ति साथीका रूपमा पतिको आवश्यकता खड्किएको हो ।
७४ वर्षको उमेरसम्म कृषि कार्यमा सक्रिय रहेकी बूढी हजुर आमा वाङ्गको चार वर्षअघि खुट्टा भाच्चिएपछि भने उनी स्वयं साह्रै अशक्तावस्थाको अनुभूति गरिरहेकी छन् । उनी चाहन्छिन् एक सय वर्षसम्मको कुनै कुरुषले आफूलाई विवाह गरिदिए हुन्थ्यो । उनले आश्रय लिइरहेका उनका दाजुका नाति-पनातिहरू समेत वाङ्गका निम्ति उनको चाहनाअनुरूपको वृद्ध बेहुलाको खोजीमा लागेका छन् यतिबेला ।

चुम्बन गर्दा श्रीमानको मृत्यु


चुम्बन गरेर श्रीमानलाइ मार्ने स्वास्नीले अदालतबाट मृत्युदण्डको सजाय पाएकी छन् । सिया निफोङ चिनिया सहर सिनसियाङ निबासी हुन् ।

उनको माओ अन्सेसित प्रेम थियो । दुबै लामो समयदेखि लोग्ने स्वास्नीका रुपमा रहादै आएका थिए । दुबैले नमरुन्जेल एक अर्कामाथि बिश्वासघात नगर्ने सम्झौता समेत गरेका थिए ।
तर सियाले माओ एकजना केटिसंग मस्किएर कुराकानी गरिहेको फेलापारिन् । उनलाइ लाग्यो-लोग्ने ममाथि बिश्मासघात गर्दै छ ।
त्यसपछि उनले मुखमा मुसामार्नजे औसधि मुखमा राखिन् र माओसंग चुम्बन गरिन् । र यसक्रममा क्यापसुल मुखमा छिराइन् । मायामा चुर्लुम्म डुबेका माओले चालै नपाइ क्याप्सुल निलेपछि उनको मृत्यु भएको हो ।