google search engine

Monday, November 23, 2009

१०७ वर्षमा विवाह गर्ने रहर

एक सय सात वर्षको कृषकाय उमेरमा कसैले विवाह गर्ने चाहना राखेको समाचार पढ्दा वा सुन्दा पक्कै पनि तपाईंलाई आश्चर्य लाग्न सक्छ तर तपाईं हामीलाई झट्ट सुन्दा आश्चर्य लागे पनि यो सत्य समाचार हो । चीनकी १०७ वर्षीया वृद्धा यतिबेला विवाह गर्न हौसिएकी छन् । दक्षिणी गुइजोउ प्रान्तमा आजभन्दा एक सय सात वर्षअघि जन्मिएकी वृद्धा वाङ्ग गुइङ्ग आजन्म अविवाहित रहे पनि अहिले यो उमेरमा आएर भने उनलाई पतिका रूपमा कुनै पुरुषको साथ चाहिएको छ तर उनलाई अरू कुनै रहरले नभएर यो अशक्तावस्थामा आफ्नो हेरविचार गरिदिनका निम्ति पतिको आवश्यकता परेको उनले बताएकी छन्

युवावस्थामा आˆना एक जना छिमेकीले रातोदिन पत्नीलाई कुटपिट र चरम यातना दिने गरेको देखेर विवाह गर्न तर्सिएकी वाङ्ग अहिले आˆना दाजुका नाति-पनातिको घरमा बसिरहेकी छन् । उनी भन्छिन् यो उमेरमा म कसैको भार भएर बस्न चाहन्न त्यसैले मेरा निम्ति साथीका रूपमा पतिको आवश्यकता खड्किएको हो ।
७४ वर्षको उमेरसम्म कृषि कार्यमा सक्रिय रहेकी बूढी हजुर आमा वाङ्गको चार वर्षअघि खुट्टा भाच्चिएपछि भने उनी स्वयं साह्रै अशक्तावस्थाको अनुभूति गरिरहेकी छन् । उनी चाहन्छिन् एक सय वर्षसम्मको कुनै कुरुषले आफूलाई विवाह गरिदिए हुन्थ्यो । उनले आश्रय लिइरहेका उनका दाजुका नाति-पनातिहरू समेत वाङ्गका निम्ति उनको चाहनाअनुरूपको वृद्ध बेहुलाको खोजीमा लागेका छन् यतिबेला ।

No comments:

Post a Comment