google search engine

Wednesday, November 25, 2009

इन्टरनेटमार्फत प्रेम नगर्नुहोस् है !


तपाईं कतै इन्टरनेट सम्पर्कमार्फत कसैसँग गहिरो प्रेम सम्बन्ध गाँसिरहनु भएको त छैन ? यदि त्यो गरिरहनु भएको छ भने होस गर्नुहोस् तपाईंलाई त्यो व्यक्तिले फसाइरहेको पनि हुनसक्छ । जस्तो कि एक जना अस्ट्रेलियन महिला त्यसैगरी इन्टरनेटमार्फत प्रेम गर्ने चक्करमा नराम्ररी फस्न पुगिन् र उनले निकै ठूलो रकमसमेत गुमाउनु पर्‍यो ।


५६ वर्षीया अस्ट्रेलियन महिलालाई नक्कली प्रेम जालमा फसाएर पैसा धुत्ने व्यक्ति भने नाइजोरियाको एउटा १९ वर्षे किशोर हुन् । एक दशकअघि नै पति गुमाएर विधवा जीवन बिताउँदै आएकी ती अस्ट्रेलियन महिलालाई इन्टरनेटमार्फत निज १९ वर्षे लाबल अदिकुनल नुरुदिन नामक नाइजेरियाली किशोरले आफू ५७ वर्षको विदुर भएको र पुनः विवाहका निम्ति उपयुक्त महिलाको खोजीमा रहेको भन्दै विवाह प्रस्ताव राखेछन् । केही महिनाको मात्र इन्टरनेट सम्वादपछि नै आएको यस्तो प्रस्तावलाई ती महिलाले पनि सहर्ष स्वीकार गरिछन् ।

आफू बेलायती नागरिक भएको र हाल लागोस्स्थित एक अन्तर्राष्ट्रिय संस्थामा इन्जिनियरका रूपमा कार्यरत भएको भन्दै ति किशोरले आˆनी पूर्व पत्नी र एक छोराको एक वर्षअघि मात्र लागोस्मै कार दुर्घटनामा मृत्यु भएको झूठो विवरण दिँदै विवाह प्रस्ताव राखेकी अस्ट्रेलियन महिलालाई विवाहका निम्ति आफू अस्ट्रेलिया आउन तयार रहेको जनाउसहित त्यसका लागि हवाई भाडा र बाटा खर्च पठाइदिन आग्रह गर्दछन् । अन्धो प्रेममा परेकी ती महिलाले तत्कालै निजलाई ४७ हजार डलर पढाइदिन्छन् । यसरी खर्च पठाएको लामो समय बित्दा पनि ती व्यक्ति अस्ट्रेलिया नआएपछि र नेट सम्पर्कबाट समेत बाहिर रहेपछि पीडित महिला स्वयं लागोस् आई पुगिन् र पीडक व्यक्तिको खोजीमा लागिन् । नभन्दै नाइजेरियाली प्रहरीको सहयोगमा ती किशोर पक्राउ परे । प्रहरीले उनलाई ठगी गरेको रकम क्षतिपूर्ति दिन आदेश दिँदै थप सजायका निम्ति न्यायालयमा पेश गरेको छ ।

                                                                                                                      - श्रोत ऑनलाइन खबर  

No comments:

Post a Comment