नेपाली सांगीतिक क्षेत्रमा एउटा गीतको मूल्य कति होला- हुन त सिर्जनाको कुनै मूल्य हुँदैन तर जब व्यवसायी बन्छ त्यहाँ किनबेच त हुन्छ नै। सुन्नमा आएको छ प्रायः एउटा गीतको मूल्य ५ हजारको वरिपरि। तर तपार्इं पत्याउनु हुन्छ एउटा गीतको मूल्य ३० हजार। नपत्याएर के गर्नु युवा गीतकार भूपेन्द्र खड्का स्वयम् एउटा गीतको ३० हजार लिएको दाबी गर्छन्। निर्माणाधीन चलचित्र ब्याच नम्बर सिक्सटिनले आफूलाई पाँच गीतको एकमुष्ठ मूल्य डेढ लाख रुपियाँ दिएको खुलासा गर्छन्।
तीमध्ये सुगम पोखरेलको संगीत, शिव परियारको आवाज र मनोज केसीको संगीत संयोजनमा सिंगारिएको सुफी संगीतमा आधारित गीत संगी डुब्दैछु म त्रि्रै यादमा, संगी मेट्दैछु म भाग्य हातमाले सुपर हुने लक्षण देखाइसकेको उनको दाबी छ। विदेशीहरूका निम्ति सो समाचार नौलो नभए पनि नेपाली संगीतकर्मी र प्रेमीहरूमाझ भने यसले आर्श्चय जगाएको छ। संगीतसम्बन्धी नै चलचित्र स्वर निर्माणतर्फलागेका भूपेन्द्रको कलमले गीत मात्र हैन चलचित्रको पटकथा र संवाद कोर्न पनि थालिसकेको छ। उनी हाल बलिउडकी स्थापित नायिका नेपाली चेली मनिशा कोइरालाले अभिनय गर्ने भनिएको भ्रष्टचारसम्बन्धी चलचित्रको पटकथा र संवाद लेखनमा व्यस्त छन्। त्यसो त केही चलचित्र र एल्बमको गीत लेखनमा समेत व्यस्त रहेका भूपेन्द्र गायिका कुन्ती मोक्तान र रिमा गुरुङका निम्ति गीत लेख्नसमेत नभ्याएको व्यस्तता पनि देखाउँछन्।
No comments:
Post a Comment