गजल आधुनिक साहित्य जगतमा एकदमै प्रभावकारी तरिकाले अगाडी वढिरहेका छ गजलको संरचना भित्र वाधिएर लेखिएका गजलहरुले पूर्णता पाएको छ । जसमा गेयता, मधुरता, प्रतीकात्मकता, लघुता, सुकुमारता, सूक्ष्मता वा गहनता भाव सघनता विम्बमयता, अनुभूतिको तीव्रता, कल्पनाशीलता, लौकिक प्रेम, कोमल स्मृति, मनमोहक शव्द विन्यास र शिष्ट सालिनता जस्ता विशेषता हुनु अति आवश्यक छ । शास्त्रीय धारमा पनि लेखिने हुदा यसमा छन्दको वर्ण विन्यासलाई पनि अति नै ध्यान दिन जरुरी देखिन्छ । गजलमा माया, प्रेम, युद्ध, अंहकारले ओत प्रोत भएको पाइन्छ । गजलको उद्गम स्थल भनेको अरबका भूमि नै हो यो विशेषतः फारसी उर्दु हुँदै हिन्दी अनि नेपालीमा आएको पाइन्छ । गजललाई मोतिराम भट्टले १९४० साल तिर भित्रयाएको भएता पनि त्यसालाई निरन्तरता दिने काम भने भिमनिधी तिवारी आशुकवि शम्भुप्रसाद ढुङ्गेल, उपेन्द्र बहादुर जीगरले निरन्तरता दिए । प्राथमिक काल र माध्याकिक काल तिर गजलले कुनै पनि नया मोड दिन नसकेता पनि महत्वपूर्ण देन दिएको पाईन्छ ।
google search engine
Monday, November 23, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment