एकजना चिनियाँ किसानको खेतमा ठ्याक्कै मानव आकारको झारपात उमि्रएको छ । सिचुँवा प्रान्तको झेङ डेसुन काउन्टीनिवासी किसानले अन्नबाली भित्र्याउने क्रममा अचम्मको झारपात फेला पारेका थिए ।
६२ सेमि अग्लो उक्त झारमा डल्लो टाउको र हातखुट्टा छन् । टाउकोमा आँखा र नाक हुनुपर्ने स्थानमा आँखा र नाककै आकारको डल्लो निस्किएको छ ।
उक्त वनस्पति हेर्न मानिसको घुइँचो लागेको छ । उता, किसान भने त्यस किसिमको वनस्पति आˆनो बारीमा उम्रनु कतै विपत्तिको सूचक त होइन ? भनी छट्पटिँदै छन् । यसअघि सान्डोङ प्रान्तमा पनि एक मानव जोडीजस्तो देखिने फल उब्जेको थियो ।एक महिला र एक पुरुषजस्तो देखिने उक्त फल ६ सय युआनमा बिक्री भएको थियो
No comments:
Post a Comment